२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित

२५ पुष २०८१, बिहीबार १४:४०

काठमाडौँ | जय ट्रफी एलिट कप प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । वीरगञ्जमा भएको रेड बल क्रिकेटमा टस जितेर पुलिसले मधेशलाई पहिला ब्याटिङमा बोलाएको थियो । पहिला ब्याटिङ गरेको मधेश पहिलो पारीमा १२९ रनमा अलआउट भएको थियो ।

पुलिसले आफ्नो पहिलो पारीमा ४ विकेटमा २५८ रन बनाएर पारी घोषित गरेको थियो । त्यसपछि मधेश दोस्रो पारीमा ९४ रनमा अलआउट भयो । मधेश यसरी एक पारी र ३५ रनले पराजित भएको हो ।

पुलिसको जितमा ब्याटिङतर्फ कुशल भुर्तेलले ६३ रन बनाएका थिए भने उनले नै बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो पारीमा २ विकेट लिएका थिए भने दोस्रो पारीमा ५ विकेट लिए । भुर्तेललको अलराउन्ड प्रदर्शनमा जारी प्रतियोगितामा पहिलो नतिजा निस्केको हो । पुलिसका लागि पहिलो पारीमा गुल्सन झाले ५ विकेट लिएका थिए भने दोस्रो पारीमा ३ विकेट लिए ।

उता मधेशका लागि मयन यादवबाहेक अन्यको प्रदर्शन निकै फितलो रह्यो । मयनले पहिलो पारीमा ५९ रन बनाएका थिए भने दोस्रो पारीमा पनि २२ रन बनाए । तर, उनलाई कुनै पनि ब्याटरबाट सहयोग नहुँदा मधेश जारी प्रतियोगितामा पहिलो हार व्यहोर्न बाध्य भएको हो । मधेशका लागि कप्तान हरिशंकर साहले दुई र रुपेश सिंहले एक विकेट लिएका थिए ।

यसअघि पहिलो खेलमा मधेशले बागमती प्रदेशसँग ड्र खेलेको थियो भने पुलिस क्लबले त्रिभुवन आर्मीसँग बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…