२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी

२५ पुष २०८१, बिहीबार १७:१७

काठमाडौँ | कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपको आफ्नो दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध फराकिलो जित निकालेको छ ।

बुधबार र बिहीबार पर्साको विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेसविरुद्ध एक इनिङ र ३५ रनको जित निकालेको हो ।

खेलको पहिलो दिन पहिले ब्याटिङमा आएको मधेसले १२९ रन बनाएको थियो । पहिलो दिन जवाफी ब्याटिङमा आएको पुलिसले पहिलो इनिङमा २५८ रन बनाउँदै १२९ रनको अग्रता लिएको थियो ।

बिहीबार दोस्रो इनिङमा ब्याटिङका निम्ति आएको मधेस ९४ रनमै समेटिएपछि पुलिसले एक इनिङ बाँकी छँदै जित निकालेको हो ।

बिहीबार मधेसका विशाल पटेलले सर्वाधिक २७ रन बनाए । मयन यादवले २२ रन थप्दा हिमांशु दत्तले १७ रन जोडे । यसबाहेक, मधेसका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

मधेसलाई सस्तैमा रोक्न पुलिसका कुशल भुर्तेलले दोस्रो इनिङमा पाँच विकेट लिए । ४.२ ओभर बलिङ गरेका कुशलले २२ रन खर्चिए । यसअघि कुशलले पहिलो इनिङमा दुई विकेट लिएका थिए ।

पहिलो इनिङमा ब्याटिङतर्फ पुलिसका निम्ति कुशलले अर्धशतक समेत बनाएका थिए । उनले ६८ बलमा १० चौकासहित ६३ रन बनाएका थिए ।

प्रतियोगितामा पुलिसको यो पहिलो जित हो । पुलिस यसअघि पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बराबरीमा रोकिएको थियो ।

यता, मधेसको भने यो पहिलो हार हो । यसअघि मधेस र वाग्मती प्रदेशबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध