2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी

काठमाडौँ | कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपको आफ्नो दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध फराकिलो जित निकालेको छ ।

बुधबार र बिहीबार पर्साको विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेसविरुद्ध एक इनिङ र ३५ रनको जित निकालेको हो ।

खेलको पहिलो दिन पहिले ब्याटिङमा आएको मधेसले १२९ रन बनाएको थियो । पहिलो दिन जवाफी ब्याटिङमा आएको पुलिसले पहिलो इनिङमा २५८ रन बनाउँदै १२९ रनको अग्रता लिएको थियो ।

बिहीबार दोस्रो इनिङमा ब्याटिङका निम्ति आएको मधेस ९४ रनमै समेटिएपछि पुलिसले एक इनिङ बाँकी छँदै जित निकालेको हो ।

बिहीबार मधेसका विशाल पटेलले सर्वाधिक २७ रन बनाए । मयन यादवले २२ रन थप्दा हिमांशु दत्तले १७ रन जोडे । यसबाहेक, मधेसका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

मधेसलाई सस्तैमा रोक्न पुलिसका कुशल भुर्तेलले दोस्रो इनिङमा पाँच विकेट लिए । ४.२ ओभर बलिङ गरेका कुशलले २२ रन खर्चिए । यसअघि कुशलले पहिलो इनिङमा दुई विकेट लिएका थिए ।

पहिलो इनिङमा ब्याटिङतर्फ पुलिसका निम्ति कुशलले अर्धशतक समेत बनाएका थिए । उनले ६८ बलमा १० चौकासहित ६३ रन बनाएका थिए ।

प्रतियोगितामा पुलिसको यो पहिलो जित हो । पुलिस यसअघि पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बराबरीमा रोकिएको थियो ।

यता, मधेसको भने यो पहिलो हार हो । यसअघि मधेस र वाग्मती प्रदेशबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई