2026-10-30 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी

काठमाडौँ | कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपको आफ्नो दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध फराकिलो जित निकालेको छ ।

बुधबार र बिहीबार पर्साको विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेसविरुद्ध एक इनिङ र ३५ रनको जित निकालेको हो ।

खेलको पहिलो दिन पहिले ब्याटिङमा आएको मधेसले १२९ रन बनाएको थियो । पहिलो दिन जवाफी ब्याटिङमा आएको पुलिसले पहिलो इनिङमा २५८ रन बनाउँदै १२९ रनको अग्रता लिएको थियो ।

बिहीबार दोस्रो इनिङमा ब्याटिङका निम्ति आएको मधेस ९४ रनमै समेटिएपछि पुलिसले एक इनिङ बाँकी छँदै जित निकालेको हो ।

बिहीबार मधेसका विशाल पटेलले सर्वाधिक २७ रन बनाए । मयन यादवले २२ रन थप्दा हिमांशु दत्तले १७ रन जोडे । यसबाहेक, मधेसका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

मधेसलाई सस्तैमा रोक्न पुलिसका कुशल भुर्तेलले दोस्रो इनिङमा पाँच विकेट लिए । ४.२ ओभर बलिङ गरेका कुशलले २२ रन खर्चिए । यसअघि कुशलले पहिलो इनिङमा दुई विकेट लिएका थिए ।

पहिलो इनिङमा ब्याटिङतर्फ पुलिसका निम्ति कुशलले अर्धशतक समेत बनाएका थिए । उनले ६८ बलमा १० चौकासहित ६३ रन बनाएका थिए ।

प्रतियोगितामा पुलिसको यो पहिलो जित हो । पुलिस यसअघि पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बराबरीमा रोकिएको थियो ।

यता, मधेसको भने यो पहिलो हार हो । यसअघि मधेस र वाग्मती प्रदेशबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट