2026-10-30 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो

काठमाडौँ | यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको कप्तान पूजा महतोले विश्वकपमा राम्रो छाप छोड्ने बताएकी छन् । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा कप्तान पूजाले विश्वकपमा नेपालको छाप छोड्ने बताएका हुन् ।

‘राम्रो क्रिकेट खेल्नेछौं । किनकि राम्रो क्रिकेट खेलेपछि जे पनि हुन सक्छ । हामीले यो टुर्नामेन्टहरुमा सिकेका छौं । मलाई पुरै विश्वास छ । मेरो टिम विश्वकपमा केही राम्रो छाप छोड्नेछौं’, उनले भनिन् ।

उनले महिला क्रिकेटमा नयाँ इतिहास बनाउँदै आएको बताइन् । विश्वकपमा पनि नयाँ इतिहास बनाउने उनको विश्वास छ । उनले भनिन्, ‘सुरुदेखि नै हामीले महिला क्रिकेटमा नयाँ इतिहास बनाइराखेका छौं । विश्वकप छनोट भयौं । एसिया कपमा पाकिस्तानलाई जित्यौं । हाम्रो गोल धेरै नै सेट छ । विश्वकपमा पनि एउटा नयाँ इतिहास बनाउने छौं ।’

महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो । मलेसियामा हुने प्रतियोगिताका लागि नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट