२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा

२८ पुष २०८१, आईतवार १४:०४

काठमाडौँ | नेपालको आयोजनामा आगामी जनवरी ३० देखि हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाका लागि नेदरल्याण्ड्स टोलीको घोषणा भएको छ ।

नेदरल्याण्ड्स क्रिकेट बोर्डले बाबेते डे लिडेको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । डे लिडे विकेटकिपर ब्याटर पनि हुन् । उनी अनुभवी खेलाडी हुन् । उनले टी२०आईमा ६३ खेलमा ९०० भन्दा बढी रन बनाएकी छन् ।

अन्य खेलाडीमा स्टेर कालिस, हाना लान्धीर, कार्लिन भान कूलविक, कारोलिन डे लाङ, इभा लिन्च, फेबे मोलकेनबर, फ्रेडेरिक ओभरजिक, मायर्थे मान डेन राड, रोबिन रिके, हिथर सिगर्स, सिल्भर सिगर्स, इसाबेल भान डेर वोनिङ र इरिस ज्विलिङ छन् ।

नेदरल्याण्ड्सको महिला क्रिकेट टोलीसँग नेपालको पहिलोपटक खेल हुन लागेको हो । नेदरल्याण्ड्स महिला टी२०आई वरियतामा १५औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार बेलुका सूचना जारी गर्दै जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी२०आई श्रृंखला हुने जनाएको थियो ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी थाइल्याण्डसँग ३१ जनवरीमा खेल्ने छ । फेब्रुअरी १ मा नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्ने छन् । त्यसपछि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो