२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित

२९ पुष २०८१, सोमबार १२:१८

काठमाडौँ | तेस्रो संस्करणको अन्तर्राष्ट्रिय टी–२० लिग (आईएल टी–२०) मा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआबद्ध गल्फ जायन्ट्स पहिलो खेलमा पराजित भएको छ । गल्फ आइतबार राति सम्पन्न खेलमा शारजाह वारियर्सविरुद्ध तीन विकेटले पराजित भएको हो ।

यस खेलमा पहिला ब्याटिङ गरेको गल्फले शारजाहलाई १७५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य शारजाहले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

पहिलो खेलमा दीपेन्द्रले भने मौका पाएनन् । उनी दोस्रोपटक यो लिग खेलिरहेका हुन् । दीपेन्द्र गत सिजनको आईएल टी–२० मा पनि गल्फमा आबद्ध थिए । यद्यपि उनले हालसम्म यस लिगमा डेब्यूको मौका भने पाएका छैनन् ।

यस्तै, अर्का नेपाली अलराउन्डर कुशल मल्लआबद्ध टिमले भने पहिलो खेलमै जित निकालेको छ । विजयी सुरुवात गर्नेक्रममा उनीआबद्ध डेजार्ट भाइपर्सले आबुधाबी नाइट राइडर्सलाई ७ विकेटले हरायो ।

आइतबार भएको यस खेलमा आबुधाबीले दिएको १६७ रनको लक्ष्य डेजार्टले १८.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । यस खेलमा कुशलले भने प्लेइङ–११ मा मौका पाएनन् । उनी पहिलोपटक यो लिग खेलिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…