2026-10-09 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ | आइसीसी यू १९ महिला विश्वकप अघिको अभ्यास खेलमा नेपाल वेस्टइन्डिजसँग ९ रनले पराजित भएको छ । मलेसियामा वेस्टइन्डिजले दिएको ११० रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपाली टोली १९.१ ओभरमा सबै विकेट गुमाएरु १०० रनमा समेटिन पुग्यो । नेपालका लागि नेपालका लागि सिमाना केसीले सर्वाधिक २३ रनको पारि खेलिन् । उनले १९ बल फेस गर्दा ३ चौका प्रहार गरिन् । यस्तै कप्तान पूजा महतोले १८ रन बनाउँदा २० बल खेलेकि थिइन् ।

उनको ब्याटबाट पनि ३ चौका आएको थियो । यसैगरी किरन कुँवर १८ रन बनाएर सनआउट हुनु नै नेपालका लागि दुर्भाग्य बन्यो । उनले १४ बलमा २ चौकाको मद्दतले १८ रन बनाएकी थिइन् । सोनी पाख्रीनले २३ बलमा १५ रन बनाइन् । ओपनर साना प्रविन पहिलो बलमै आउट भइन् भने अर्की ओपनर सावित्री धामी ५ रनमा आउट भइन् ।

केहीबेर पूजा र सोनीले पारि अघि बढाउने प्रयास गरे पनि धेरैबेर टिकेन ।

त्यसपछि ज्योत्सिनका मरासिनी र एलिसा यादव एक एक रनमा पभेलियन फर्किए । किरण र सिमानाले नेपाली टिमको आशा जीवितै राखेका थिए । तर किरण रनआउट भएपछि नेपाली पारि सम्हाल्ने जिम्मा सिमानाको काँधमा थियो । सिमाना १८.४ ओभरमा आउट भएकी थिइन् ।

उनी आठौं विकेटको रुपमा आउट भएपछि नवौं विकेटको रुप्मा अनु कडायत र कुशुम गोदार लगातार आउट भए ।

वेस्टइन्डिजका लागि एलिया वेक्सले,एमिह गिलबेट र तृसा हरदतले दुई दुई विकेट लिँदा केनिका कासरले १ विकेट लिइन् ।

नेपालका ३ खेलाडी रनआउटको शिकार भए ।

पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

वेस्टइन्डिजका लागि कप्तान समारा रामनाथे सर्वाधिक २५ रन बनाइन् । उनले ३३ बल फेस गर्दा २ चौका प्रहार गरिन् ।

यसैगरी ओपनर एस्बी कालेन्डरले ३६ बलमा २३ रन बनाउँदा २ चौका प्रहार गरिन् । उनी रनआउट भएकी थिइन् ।

यस्तै जहारा क्लेस्टनले २६ बलमा २२ रनको नटआउट पारि खेलिन् । उनले २ चौका हिर्काइन् । यसैगरी एविगलि ब्रेएसले ११ बलमा १९ रन बनाउँदा ३ चौका प्रहार गरिन् ।

उनी पनि रनआउट भएकी थिइन् । नेपालका सिमाना केसी र रचना चौधरीले समान एक एक विकेट लिए । सिमानाले ४ ओभरमा १९ रन खर्चिदाँ रचनाले समान ओभरमा १७ रन दिइन् ।

यसैगरी कप्तान पूजा महतोले ४ ओभरमा ३२ रन दिइन् । उनी सर्वाधिक महँगो सावित भइन् । यसैगरी अनु कडायतले ४ ओभरमा १५ रन दिँदा रिया शर्माले ४ ओभरमा २० रन दिइन् । नेपालले ५ बलर प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल