२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित

२०८१, २ माघ बुधबार १४:३३

काठमाडौँ | यू-१९ महिला विश्वकप अन्तरगत आज भएको ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ। नेपालले दिएको ५९ रनको सामान्य लक्ष्य पछ्याएको अमेरिकाले उक्त लक्ष्य १४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

पहिलो ब्याटिङ गर्दै नेपालले पुरै २० ओभर खेलेर केवल ५८ रन मात्रै जोड्न सकेको थियो । नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाउनु बाहेक अन्य ब्याटरहरुले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपालले आफ्नो इनिङमा एउटा पनि बाउन्ड्री प्रहार गर्न नसक्दा सामान्य स्कोरमै चित बुझाउनु परेको थियो। कसिलो बलिङ गरेको अमेरिकाका लागि ऋतु सिंह, सुहानी थाडानी, इशानी भाग्हला, सान्भी इम्मादी र पूजा साहले समान १-१ विकेट लिएका थिए।

५९ रनको लक्ष्य पछ्याएको अमेरिकाका लागि इसानी भोगले सर्वाधिक २४ रन बनाएकी थिइन्। अभ्यास खेलमा नेपालको यो दोस्रो हार हो। यसअघि वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो।

मलेसियामा हुने यु १९ महिला टी-२० विश्वकप जनवरी १८ देखि सुरु हुँदैछ । नेपालले समूह चरणमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्डसँग भिड्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना