१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित

२ माघ २०८१, बुधबार १४:३३

काठमाडौँ | यू-१९ महिला विश्वकप अन्तरगत आज भएको ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ। नेपालले दिएको ५९ रनको सामान्य लक्ष्य पछ्याएको अमेरिकाले उक्त लक्ष्य १४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

पहिलो ब्याटिङ गर्दै नेपालले पुरै २० ओभर खेलेर केवल ५८ रन मात्रै जोड्न सकेको थियो । नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाउनु बाहेक अन्य ब्याटरहरुले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपालले आफ्नो इनिङमा एउटा पनि बाउन्ड्री प्रहार गर्न नसक्दा सामान्य स्कोरमै चित बुझाउनु परेको थियो। कसिलो बलिङ गरेको अमेरिकाका लागि ऋतु सिंह, सुहानी थाडानी, इशानी भाग्हला, सान्भी इम्मादी र पूजा साहले समान १-१ विकेट लिएका थिए।

५९ रनको लक्ष्य पछ्याएको अमेरिकाका लागि इसानी भोगले सर्वाधिक २४ रन बनाएकी थिइन्। अभ्यास खेलमा नेपालको यो दोस्रो हार हो। यसअघि वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो।

मलेसियामा हुने यु १९ महिला टी-२० विश्वकप जनवरी १८ देखि सुरु हुँदैछ । नेपालले समूह चरणमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्डसँग भिड्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन