२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछानेको फेसबुक पोस्ट बन्यो सन्यासको आशंका !

२०८१, ६ माघ आईतवार १२:००

काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ ।

सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । उनले लेखेका छन्- सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।

उनको यो स्टाटसलाई सामान्य रूपले लिने मान्छे एकतर्फ रहँदा लाखौंको मनमा भने कौतुहलता पनि ल्याएको छ । सन्दीपले केही ठुलो निर्णय लिन लागे कि भनेर । कतिले सन्यासको संकेत भएको समेत टिप्पणी गरेका छन् ।

सन्दीपले हालै सम्पन्न जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए भने केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए।

सन्दीपले नेपालका लागि ५८ एकदिवसीय र ५८ टी-२०आई खेलेका छन् । नेपाली टोलीबाट विश्‍वकप पनि खेलिसकेका उनले आइपीएल र बीबीएललगायत विश्‍वका चर्चित लिगहरू खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति