काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्न लागेको हो ।
मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।
पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो । पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन् । समूह ‘डी’मा रहेका दुवै देश पहिलो जीतको खोजीमा छन् ।