२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खो खो विश्वकपको उपविजेता नेपाली टोली आज स्वदेश फर्किंदै, राखेपले भव्य स्वागत गर्ने

२०८१, ७ माघ सोमबार १२:१४

काठमाडौँ | खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा नै सीमित भएको नेपाली टोली सोमबार स्वदेश फर्किदै छ। भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो।

नेपाली टोली आज साँझ ३ः४५ बजे स्वदेश आइपुग्नेछ। नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जनाएको छ। राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुरुप नेपाली टोलीले नगद पुरस्कार पाउने उल्लेख गरे। हाल पुरस्कार घोषणा लागि खेलाडी पर्खनुपर्ने अवस्था नरहेको र खेलाडीको सफलतासँगै कानुनी व्यवस्थाअनुरुप नै पाउने घिसिङको भनाइ छ।

आइतबार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमा भएको फाइनलमा पुरूष टोली घरेलु टोलीसँग ५४-३६ ले पराजित भएको थियो। त्यसअघि महिला टोलीले पनि भारतसँग ७८-४० ले पराजित भएको थियो। नेपालको पुरुष टोली यस विश्वकपमा दोस्रो पल्ट भारतसँग पराजित भएको हो। लिगचरणमा पनि नेपाल भारतसँग ४२-३७ को प्रतिस्पर्धात्मक रूपमा पराजित भएको थियो । फाइनलमा भने नेपालले खासै चुनौती दिन सकेन। नेपाली महिला टोलीको अपराजित यात्रा फाइनलमा रोकिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना