१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-१९ विश्वकप : स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा, दुई खेलाडी परिवर्तन

७ माघ २०८१, सोमबार १२:२७

काठमाडौँ | मलेसियामा जारी तेस्रो संस्करणको आइसिसी यू–१९ महिला टी–२० विश्वकपअन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले जितेर ब्याटिङ रोजेको छ । यी दुईबीचको खेल मलेसियाको युकेएम ओभलमा भइरहेको हो ।

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरिएको छ । आजको खेलमा नेपालले सोनी पाख्रिन र तृष्णा विकलाई विश्राम दिएर ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले मौका पाएका हुन् ।

पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्ड दुवै पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट तथा स्कटल्याण्ड अस्ट्रेलियाविरुद्ध ९ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डविरुद्ध जित निकाल्न सके नेपालले सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो हुनेछ ।

यदि सोमबार हार बेहोरेमा नेपालको सुपर सिक्स यात्रा निकै कठिन बन्नेछ । त्यसो भएमा नेपालले अन्तिम खेलमा अस्ट्रेलियालाई हराउनैपर्ने समीकरण बन्न सक्छ । त्यसकारण नेपाली टिमले स्कटल्याण्डलाई हराउन कुनै कसर बाँकी राख्ने छैन ।

हालसम्म यी दुई टिमले महिला क्रिकेटमा एकअर्काको सामना गरेका छैनन् । सोमबार नेपाल र स्कटल्याण्ड पहिलो भेटमै जित निकालेर इतिहास रच्ने योजनामा पनि हुने छन् ।

यस विश्वकपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट समान तीन/तीन टोली सुपर–६ मा पुग्नेछन् ।

सुपर–६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ । दुवै समूहका शीर्ष दुई/दुई टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालको प्लेइङ–११ : साना प्रविन, सावित्रा धामी, पूजा महतो (कप्तान), कृष्मा गुरुङ, किरनकुमारी कुवँर, अलिशाकुमारी यादव, ज्योत्सिका मरासिनी, रिया शर्मा, सिमाना केसी, रचना चौधरी र अनु कडायत ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन