७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यु-१९ महिला टी-२० विश्वकप: स्कटल्याण्डविरुद्ध १० ओभरमा नेपालले जोड्यो ४३ रन

७ माघ २०८१, सोमबार १३:२२

काठमाडौँ | मलेसियामा जारी आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा स्कटल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरिरहेको नेपालले १० ओभरमा ३ विकेट गुमाएर ४३ रन जोडेको छ । नेपालका लागि पूजा महतोले १८ रन जोडेर खेलिरहेकी छन् ।

नेपालले आजको खेलमा टिममा दुर्य खेलाडी परिवर्तन गरेको छ । सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन् ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी