७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू–१९ महिला टी २० विश्वकप: स्कटल्याण्डसँग नेपाल एक विकेटले पराजित, सुपर सिक्समा पुग्ने अवसर गुम्यो

७ माघ २०८१, सोमबार १५:३२

काठमाडौँ | मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा स्कटल्यान्डसँग नेपाल एक विकेटले स्तब्ध भएको हो । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ।

नेपालले जितका लागि दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेटको क्षतिमा १८.४ ओभरमा भेट्याउन सफल भयो । स्कटल्यान्डका लागि पिप्पा स्प्राउलले सर्वाधिक ३५ रनको योगदान गरिन् । उनको विकेट समयमै लिन नसक्नु नै नेपालका लागि हारको कारण बन्यो ।

त्यस्तै, ग्राबियल फोन्टेन्लाले १२ रनमा अविजित रहँदै टोलीलाई जिताइन् ।

बलिङतर्फ नेपालकी सिमाना केसी र रचना चौधरीले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलमा तीन चौका हिर्काइन् । यसैगरी सावित्री धामीले १० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी