२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू–१९ महिला टी २० विश्वकप: स्कटल्याण्डसँग नेपाल एक विकेटले पराजित, सुपर सिक्समा पुग्ने अवसर गुम्यो

२०८१, ७ माघ सोमबार १५:३२

काठमाडौँ | मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा स्कटल्यान्डसँग नेपाल एक विकेटले स्तब्ध भएको हो । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ।

नेपालले जितका लागि दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेटको क्षतिमा १८.४ ओभरमा भेट्याउन सफल भयो । स्कटल्यान्डका लागि पिप्पा स्प्राउलले सर्वाधिक ३५ रनको योगदान गरिन् । उनको विकेट समयमै लिन नसक्नु नै नेपालका लागि हारको कारण बन्यो ।

त्यस्तै, ग्राबियल फोन्टेन्लाले १२ रनमा अविजित रहँदै टोलीलाई जिताइन् ।

बलिङतर्फ नेपालकी सिमाना केसी र रचना चौधरीले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलमा तीन चौका हिर्काइन् । यसैगरी सावित्री धामीले १० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना