२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही

२०८१, ८ माघ मंगलवार १५:३३

काठमाडौँ | अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन क्लोज क्याम्पबाट बाहिरिँदा समेत कारबाहीबाट जोगिएका सन्दीप लामिछाने अम्पायरबारे सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण नेपाल क्रिकेट सङ्घ (क्यान) को कारबाहीमा परेका छन्।

‘जय ट्रफी’ खेल्ने क्रममा लामिछाने सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने लेखेर अनुशासन उलङ्घन गरेको भन्दै क्यानले एक खेलमा प्रतिबन्ध लगाउँदै स्पष्टीकरण सोधेको हो।

सन्दीपले जनवरी १० मा सामाजिक सञ्जाल फेसबुकमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने र अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने लेखेका थिए।

यस अगाडि सन्दीप अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन क्लोज क्याम्प राखेको होटेलबाट थाहै नदिई बाहिरिएर एक युवतीको बलात्कार गरेको घटना सार्वजनिक हुँदा पनि क्यानले अनुशासनको कारबाही गरेको थिएन।

जिल्ला अदालतबाट दोषी ठहरिएका सन्दीपले उच्च अदालतबाट सफाइ पाएका थिए। उच्चको फैसलामा त्रुटी देखिए पनि सरकारी पक्षले फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनमा नजाने अर्को विवादित निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना