७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही

८ माघ २०८१, मंगलवार १५:३३

काठमाडौँ | अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन क्लोज क्याम्पबाट बाहिरिँदा समेत कारबाहीबाट जोगिएका सन्दीप लामिछाने अम्पायरबारे सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण नेपाल क्रिकेट सङ्घ (क्यान) को कारबाहीमा परेका छन्।

‘जय ट्रफी’ खेल्ने क्रममा लामिछाने सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने लेखेर अनुशासन उलङ्घन गरेको भन्दै क्यानले एक खेलमा प्रतिबन्ध लगाउँदै स्पष्टीकरण सोधेको हो।

सन्दीपले जनवरी १० मा सामाजिक सञ्जाल फेसबुकमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने र अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने लेखेका थिए।

यस अगाडि सन्दीप अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन क्लोज क्याम्प राखेको होटेलबाट थाहै नदिई बाहिरिएर एक युवतीको बलात्कार गरेको घटना सार्वजनिक हुँदा पनि क्यानले अनुशासनको कारबाही गरेको थिएन।

जिल्ला अदालतबाट दोषी ठहरिएका सन्दीपले उच्च अदालतबाट सफाइ पाएका थिए। उच्चको फैसलामा त्रुटी देखिए पनि सरकारी पक्षले फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनमा नजाने अर्को विवादित निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी