७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट

९ माघ २०८१, बुधबार १२:५५

काठमाडौँ | मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकपअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा नेपालले राम्रो बलिङ सुरुवात गरेको छ । नेपालले तीन ओभरमा अस्ट्रेलियाको महत्वपूर्ण तीन विकेट लिएको छ ।

तीनवटै विकेट कप्तान पूजा महतोले लिएकी हुन् । उनले पहिलो ओभरको अन्तिम बलमा इनेस म्याकियोनलाई ८ रनमा बोल्ड गर्दै नेपाललाई ब्रेकथ्रू दिलाइन् । यस्तै, पूजाले नै २.२ ओभरमा अर्की ओपनर केट पेलेलाई तीन रनमा पवेलियन फर्काइन् ।

यस्तै, ३.५ ओभरमा लुसी ह्यामिल्टनलाई शून्यमै आउट गरिन् । नेपालले आज टस हारेर पहिला फिल्डिङ गरिरहेको हो ।

आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध किरण कुँवरलाई विश्राम दिएर तृषना विकलाई मौका दिएको हो ।

नेपालले समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग खेलिरहेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा ५ विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले स्तब्ध भयो । सुपर सिक्समा स्थान बनाउन नेपाल आज अस्ट्रेलियाविरुद्ध जित्नैपर्ने दबाबमा छ ।

विश्वकपमा समूह ‘डी’ मा नेपालसहित बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् । अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ । अंकविहीन नेपाल भने पुछारमा छ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, सामोआ, दक्षिण अफ्रिका र नाइजेरिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी