साउन २, काठमाडौं । यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।

सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १८. ३ ओभरमा ६ विके"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, काठमाडौं । यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।

सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १८. ३ ओभरमा ६ विके"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यु १९ विश्वकप छनोटमा नेपालको विजयी सुरूवात

२०७४, २ श्रावण सोमबार ०८:५१


साउन २, काठमाडौं । यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।

सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १८. ३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि प्रनित थापामगरले सर्वाधिक २३ रनको योगदान दिए। यस्तै अनिल शाह १९ र रोहित कुमारले ११ रन बनाए।

अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। ओपनर सन्दिप सुनार १ रनमा आउट भए भने आरिफ सेख ४ रनमा आउट भए। यस्तै प्रकाश केसी ६ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी २ रनमा एलबीडब्लुको धरापमा परेका थिए।

सिंगापुरका आर्यमान सुनिल र गोपिनाथ अचरले समान २ तथा रोहन रंगारञ्जन र अंश भर्गाभाले १/१ विकेट लिए। यसअघि सिंगापुरले पहिले ब्याटिङ गर्दै २९ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए। यस्तै साहब आलमले ३ र किशोर महतोले २ विकेट लिए। सिंगापुरका लागि ब्रिगु लायरले सर्वाधिक ४२ तथा सेन अग्रवालले ११ रन बनाउनुबाहेक अरूले दोहोरो रनको स्कोर छुन सकेनन्। सिंगापुरका चार खेलाडी शून्यमा आउट भए।

प्रतियोगितामा एसियाका शीर्ष चार राष्ट्र अफगानिस्तान, नेपाल, मलेसिया र आयोजक सिंगापुरका युवा टोलीले प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोविन लिगका आधारमा हुने छनोटपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने युथ विश्वकपका लागि छनोट हुनेछ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह