७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालसँग ४५ रनमै समेटियो मलेसिया, पूजा महतोको सानदार बलिङ

११ माघ २०८१, शुक्रबार १३:४८

काठमाडौँ | आइसिसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेटअन्तर्गत प्लेअफको खेलमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको झिनो लक्ष्य दिएको छ । जोहर क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको मलेसिया १६.५ ओभरमा ४५ रनमा अलआउट भयो ।

उसका लागि नुरिमनले सर्वाधिक १५ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । आयोजक मलेसियालाई सस्तैमा समेट्नेक्रममा कप्तान पूजा महतोले घातक बलिङ गरिन् ।

उनले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । योसँगै पूजा जारी विश्वकपमा सर्वाधिक विकेट लिने सूचीको नम्बर वानमा उक्लिएकी छन् । उनले चार खेलमा ९ विकेट लिएकी छन् ।

यस्तै, मलेसियाविरुद्ध रचना चौधरीले तीन ओभरमा एक मेडनसहित ५ रन दिएर तीन विकेट लिइन् । यस्तै, रिया शर्माले ४ ओभरमा एक मेडनसहित ५ रन दिएर एक विकेट हात पारिन् ।

यस्तै, सीमाना केसीले ४ ओभरमा ९ रन दिएर एक विकेट लिइन् । समूह चरणबाट बाहिरिसकेको नेपाल १३ औँदेखि १६औँ स्थानसम्मको प्लेअफका लागि मलेसियासँग खेलिरहेको हो ।

विश्वकपको सुपर सिक्सको समूह ‘१’ मा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्ट इण्डिज रहेका छन् । यस्तै, समूह ‘२’ मा दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजिल्याण्ड रहेका छन् ।

समूह चरणमा नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । नेपालले समूह चरणमा बंगलादेशसँग ५ विकेट, स्कटल्याण्डविरुद्ध एक विकेट तथा अस्ट्रेलियासँग ८३ रनको हार बेहोरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी