८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदूरपश्चिमलाई हराउदै एपीएफले जित्यो महिला पीएम कपको उपाधि

१२ माघ २०८१, शनिबार १५:०८

काठमाडौँ | प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै उपाधि जितेको हो ।

सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४३ रन बनाईन् भने कप्तान इन्दु बर्माले १८ रनको योगदान गरिन्।

यसअघि प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले १८.१ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् भने कप्तान बिन्दु रावलले १७ रनको योगदान गरिन् । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न एपीएफकी कविता जोशीले ३ विकेट लिइन | त्यस्तै, सबनम राई र इन्दु बर्माले समान २-२ विकेट लिँदा करुणा भण्डारीले एक विकेट लिइन ।

प्रतियोगिताको उपाधि विजेता एपीएफले नगद ५ लाख रुपैयाँ र उपविजेता सुदूरपश्चिम प्रदेशले ३ लाख पुरस्कार पाएका छन् ।
एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । यो सँगै एपीएफले महिला पीएम कप सातौं पटक जितेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता