२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला टी-२०: नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

२०८१, १९ माघ शनिबार १३:५९

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी-२०आई शृंखलाको दोस्रो खेलमा नेपालले आज थाइल्याण्डलाई जित्नको लागि १०२ रनको लक्ष्य दिएको छ |

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो ।

नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ३ विकेट लिएकी थिइन् । भने फनिता मया र नताया बूचाथामले २-२ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम