साउन ६, काठमाडौं । यू-१९ विश्वकपको एसियाली छनोटमा नेपाल सिंगापुरसँगको दोस्रो खेलमा पनि विजयी भएको छ । आयोजक सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगिताम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, काठमाडौं । यू-१९ विश्वकपको एसियाली छनोटमा नेपाल सिंगापुरसँगको दोस्रो खेलमा पनि विजयी भएको छ । आयोजक सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगिताम"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-१९ विश्वकप छनोट: सिंगापुरमाथि नेपालको सानदार जित

६ श्रावण २०७४, शुक्रबार ०९:४१


साउन ६, काठमाडौं । यू-१९ विश्वकपको एसियाली छनोटमा नेपाल सिंगापुरसँगको दोस्रो खेलमा पनि विजयी भएको छ । आयोजक सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगितामा तेस्रो जित हात पारको हो । 

इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपाल ४६.५ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो । जवाफमा आएका सिंगापुरलाई पनि त्यत्ति नै ओभरमा १ सय ४६ रनमा अलआउट गरी नेपालले विजय हात पारेको हो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए ।

सिंगापुरका बिक्रमवीर विश्वरायले तीन तथा सुनिल आर्यमन र आहन गोपिनाथले दुई दुई विकेट लिए । 

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४६ दशमलव ५ ओभरमा अल आउट भयो । सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्तले २५, युवराज सिंहले १९, हान्सुल दिपले ३२ रन बनाउनु बाहेक अरुले दोहोरो अंक बनाउन सकेनन् । 

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट, किशोरी महतोले २ विकेट, दिपेन्द्रसिंह ऐरी २ विकेट र पवन सर्राफले २ विकेट लिए । 

बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएपछि नेपालको छनोट यात्रा कठिन बनिसकेको छ । अफगानिस्तानले लगातार चौथो विजय हात पार्नेक्रममा शुक्रबार १० विकेटले पराजित गर्‍यो । नेपालभन्दा अफगानिस्तान रन रेटमा पनि निकै माथि छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ