२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टस जितेर नेपालविरुद्ध पहिला ब्याटिङ गर्दै नेदरल्यान्ड्स

२० माघ २०८१, आईतवार १२:५५

काठमाडौँ | नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा नेपालविरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यसअघिका दुवै खेलमा पराजित नेपालले घाइते कविता कुँवरको स्थानमा स्पिनर रेवती धामीलाई खेलाएको छ । थाइल्यान्डविरुद्धको अघिल्लो खेलमा मध्यम गतिका बलर कविताले २ ओभर बलिङ गरेपछि ढाँडमा चोट बोक्न पुगेका थिइन् ।

नेदरल्यान्ड्सले क्यारोलिन भान कुलविज्क र फ्रेडेरिक ओभरडिकको स्थानमा हानान लान्धिर र हिथर सिगर्सलाई खेलाएको छ ।नेपाल पहिलो दुई खेलमा पराजित भइसकेको छ । नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपाल त्यसपछि अघिल्लो दिन थाइल्यान्डसँग ४ विकेटको हार बेहोर्नु परेको थियो ।

नेपाललाई पहिलो खेलमा पराजित गरेको नेदरल्यान्ड्स शुक्रबार थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । सहभागी टोलीले एक अर्कासँग तीन पटक खेल्ने छन् भने सर्वाधिक अंक ल्याउने टोली विजेता बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल