२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्यान्ड्सविरुद्ध जितका लागि नेपालले १४१ रन बनाउनुपर्ने, सीताले एक्लैले लिईन् ५ विकेट

२०८१, २० माघ आईतवार १४:१५

काठमाडौँ | नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय ट्राइ–सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रन बनाउनुपर्ने भएको छ।

टस जितेर कीर्तिपुरस्थित मैदानमा ब्याटिङ रोजेको नेदरल्यान्ड्सको महिला टोलीले २० ओभरमा ९ विकेट क्षतिमा १४० रन बनाएको हो।

नेदरल्यान्ड्सका लागि फेब मकनबोअरले २१, स्टिर क्यालिसले ८, बबिट डी लिडले ४१, रोबिन रिज्कीले २१ र हिथर सिजर्सले २६ रन बनाए। उनीहरुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालकी सीता राना मगरले एकै खेलमा ५ विकेट झारिन्। उनीबाहेक मनिषा उपाध्यायले २ र कविता जोशी तथा इन्दु बर्माले समान १ विकेट लिए।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। थाइल्यान्डसमेत रहेको सिरिजमा नेपाली टोलीले खाता खोल्न सकेको छैन। दुवै खेल जितेको थाइल्यान्ड ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा १ मा जित र अर्कोमा हार व्यहोरेको नेदरल्यान्ड्स २ अंकसहित दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना