2026-10-31 02:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू-१९ विश्वकपको उपाधि

काठमाडौँ | दोस्रो संस्करणको आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

उसले लगातार दोस्रोपटक यू–१९ महिला विश्वकपको उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणको विश्वकप फाइनलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले हराएको थियो ।

यसपटक फाइनलमा दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गोंगडी त्रिशाले ३३ बलमा ८ चौकासहित अविजित ४४ रन जोडिन् । अविजित नै रहेकी सानिका चाल्केले २६ रनको योगदान दिइन् ।

दक्षिण अफ्रिकाका लागि कायला रेयान्केले मात्र एक विकेट लिन सकिन् । त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८२ रनमा अलआउट भयो ।

उसका लागि मिके भ्यान भोर्स्टले २३, जेम्मा बोथाले १६ तथा फे काउलिङले १५ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । भारतका लागि गोंगडी त्रिशाले तीन, वैष्णवी शर्मा, आयुषी शुक्ला र पारुनिका सिसोदियाले दुई/दुई विकेट लिए ।

जारी संस्करणमा नेपालको पनि सहभागिता थियो । यद्यपि नेपालले समूह चरण पार गर्न सकेन । नेपालले ग्रुप स्टेजमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलका दुवै खेल रद्द, चार टोलीलाई १–१ अंक बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ