२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाइल्यान्डविरुद्ध नेपालको उत्कृष्ट बलिङ, १ सय ७ रनको लक्ष्य पछ्याउँदै

२२ माघ २०८१, मंगलवार १४:०८

काठमाडौँ | नेपालले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा मंगलबार थाइल्यान्डविरुद्धको खेल जित्न १ सय ७ रनको लक्ष्य पाएको छ । थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६ रन बनायो ।

मनिषाले आफ्नो पहिलो ओभरमा सनसनी बलिङ गरेपछि नेपालले थाइल्यान्डको ब्याटिङलाई नियन्त्रणमा राखेको थियो । खेलको सातौं ओभरमा मनिषाले आफ्नो पहिलो बलमा ओपनर अफिसारा सुवानचोनराथीलाई १७ रनमा एलबीडब्लू आउट गरेकी थिइन् । त्यसको तीन बलपछि उनले नटाकान चानथामलाई पनि शून्यमा एलबीडब्लूकै धरापमा पारेकी थिइन् ।

मनिषाको सोही ओभरको अन्तिम बलमा मनिषाले कप्तान नारुइमोल चाइवाईलाई डाइरेक्ट हिटमा शुन्यमा रनआउट गरेकी थिइन् । मनिषा यतिमै रोकिइनन् । यसै शृंखलाबाट महिला ट्वान्टी २० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेकी मनिषाले थाइल्यान्डकी प्रमुख ब्याटर नानापात कोन्चारोइनकाइलाई १९ रनमा आउट गरिन् । यसै शृंखलाको पहिलो दुई खेलमा नेपाल र नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएकी कोन्चारोइनकाइले २३ बल खेलि २ चौका प्रहार गरिन् ।

मनिषाको उत्कृष्ट प्रदर्शनपछि थाइल्यान्ड १३ ओभरमा ५६–६ को स्थितिमा पुगेको थियो । तर थिपताचा पुथावोङ र चानिदा सुथिरुएङले सातौं विकेटमा ४३ बलमा ५० रनको अविजित साझेदारी गरेका थिए । पुथावोङ ३१ बल खेलि १ चौका प्रहार गरि २५ र सुथिरुएङले २८ बल खेलि १ चौका प्रहार गरि २७ रन बनाई अविजित रहिन् ।

नेपालले रचना चौधरीलाई ‘डेब्यु’ गर्न दिएको थियो । मलेसियामा हालै सम्पन्न आईसीसी यू १९ विश्वकपमा राम्रो प्रभाव पारेकी रचनालाई कविता कुँवरको स्थानमा ल्याइएको थियो । कविता शृंखलाको दोस्रो खेलमा ढाँडमा चोट बोकेर प्रतियोगिताबाट बाहिरिएपछि रचनालाई नेपाली महिला टोलीमा समावेश गरिएको थियो । रचनाले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन् ।

त्यस्तै रोमा थापाको स्थानमा नेपालले भेट्र्रान सीता रानामगरको स्थानमा खेलाइएको छ । सीताले नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा ५ विकेट लिनुका साथै अविजित १० रन बनाएकी थिइन् ।

नेपाल पहिलो ३ खेलमा पराजित भइसकेको छ । थाइल्यान्डसँगको यसअघिको खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । त्यसबाहेक नेपाललाई नेदरल्यान्ड्सले दुई खेलमा क्रमशः २० र १५ रनले पराजित गरेको थियो । थाइल्यान्डले खेलेको सवै ३ खेल जितेको छ । नेपालले थाइल्यान्डलाई २०११ यता पराजित गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव