2026-10-08 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाइल्यान्डविरुद्ध नेपालको उत्कृष्ट बलिङ, १ सय ७ रनको लक्ष्य पछ्याउँदै

काठमाडौँ | नेपालले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा मंगलबार थाइल्यान्डविरुद्धको खेल जित्न १ सय ७ रनको लक्ष्य पाएको छ । थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६ रन बनायो ।

मनिषाले आफ्नो पहिलो ओभरमा सनसनी बलिङ गरेपछि नेपालले थाइल्यान्डको ब्याटिङलाई नियन्त्रणमा राखेको थियो । खेलको सातौं ओभरमा मनिषाले आफ्नो पहिलो बलमा ओपनर अफिसारा सुवानचोनराथीलाई १७ रनमा एलबीडब्लू आउट गरेकी थिइन् । त्यसको तीन बलपछि उनले नटाकान चानथामलाई पनि शून्यमा एलबीडब्लूकै धरापमा पारेकी थिइन् ।

मनिषाको सोही ओभरको अन्तिम बलमा मनिषाले कप्तान नारुइमोल चाइवाईलाई डाइरेक्ट हिटमा शुन्यमा रनआउट गरेकी थिइन् । मनिषा यतिमै रोकिइनन् । यसै शृंखलाबाट महिला ट्वान्टी २० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेकी मनिषाले थाइल्यान्डकी प्रमुख ब्याटर नानापात कोन्चारोइनकाइलाई १९ रनमा आउट गरिन् । यसै शृंखलाको पहिलो दुई खेलमा नेपाल र नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएकी कोन्चारोइनकाइले २३ बल खेलि २ चौका प्रहार गरिन् ।

मनिषाको उत्कृष्ट प्रदर्शनपछि थाइल्यान्ड १३ ओभरमा ५६–६ को स्थितिमा पुगेको थियो । तर थिपताचा पुथावोङ र चानिदा सुथिरुएङले सातौं विकेटमा ४३ बलमा ५० रनको अविजित साझेदारी गरेका थिए । पुथावोङ ३१ बल खेलि १ चौका प्रहार गरि २५ र सुथिरुएङले २८ बल खेलि १ चौका प्रहार गरि २७ रन बनाई अविजित रहिन् ।

नेपालले रचना चौधरीलाई ‘डेब्यु’ गर्न दिएको थियो । मलेसियामा हालै सम्पन्न आईसीसी यू १९ विश्वकपमा राम्रो प्रभाव पारेकी रचनालाई कविता कुँवरको स्थानमा ल्याइएको थियो । कविता शृंखलाको दोस्रो खेलमा ढाँडमा चोट बोकेर प्रतियोगिताबाट बाहिरिएपछि रचनालाई नेपाली महिला टोलीमा समावेश गरिएको थियो । रचनाले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन् ।

त्यस्तै रोमा थापाको स्थानमा नेपालले भेट्र्रान सीता रानामगरको स्थानमा खेलाइएको छ । सीताले नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा ५ विकेट लिनुका साथै अविजित १० रन बनाएकी थिइन् ।

नेपाल पहिलो ३ खेलमा पराजित भइसकेको छ । थाइल्यान्डसँगको यसअघिको खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । त्यसबाहेक नेपाललाई नेदरल्यान्ड्सले दुई खेलमा क्रमशः २० र १५ रनले पराजित गरेको थियो । थाइल्यान्डले खेलेको सवै ३ खेल जितेको छ । नेपालले थाइल्यान्डलाई २०११ यता पराजित गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल