2026-09-19 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ | त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। टियू मैदान कीर्तिपुरमा नेपाल कम्तिमा एक जितसहित प्रतियोगिताको सुखद अन्तको प्रतीक्षामा रहेको छ।

नेपाल अघिल्ला ५ खेलमा पराजित भएको छ। नेदरल्यान्डसँग सबै ३ खेल हारेको नेपाल यसअघि भएका थाइल्यान्डविरुद्धका २ खेलमा समेत पराजित भएको थियो। नेपाल र थाइल्यान्डबिचको खेलबाट सिरिजको विजेताको समेत छिनोफानो हुनेछ।

सिरिजमा नेदरल्यान्ड्स र थाइल्यान्डको समान ३-३ जित सहित ६ अङ्क रहेको छ। नेटरनरेटमा थइल्यान्ड अघि रहेको छ। आजको खेलमा जित निकाले थाइल्यान्ड च्याम्पियन बन्नेछ। नेपालले फराकिलो अन्तरको जित निकालेमा नेदरल्यान्ड्स च्याम्पियन बन्नेछ।

घरेलु मैदानमा नेपालले भने विर्सनलायक प्रदर्शन गरेको छ। खेलअवधिभर फिल्डीङ, ब्याटिङ र बलिङ तीनै पक्षमा नेपाल कमजोर सावित हुँदा जितविहीन बनिरहेको छ। प्रतियोगिताको सुखद अन्तको लक्ष्य राखेको नेपाल कम्तिमा एक जितको खोजिमा मैदान उत्रिँदै छ।

नेपालले आजको खेलमा अघिल्लो टिममा दुई परिवर्तन गरेको छ। आजको खेलमा अलिशाकुमारी यादव र राजमती ऐरीलाई मौका दिएको छ। राजमतिको यो राष्ट्रिय टिममा डेब्यु समेत हो।

अघिल्लो खेलमा टिममा रहेका ममता चौधरी र रोमा थापालाई बेन्चमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई