२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरिजको अन्तिम खेलमा थाइल्यान्डलाई नेपालले दियो ८२ रनको लक्ष्य

२५ माघ २०८१, शुक्रबार १४:०४

काठमाडौँ | त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाली महिला टोलीले थाइल्यान्डलाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो। नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन्। उनले २९ बलमा एक चौकाको मद्दतमा उक्त रन बटुलेकी हुन्। बिन्दु रावलले ७, पूजा महतो ६, रुविना क्षेत्री १ र कप्तान इन्दु बर्माले १० रन जोडिन्।

कविता जोशीले १४ रन बनाउँदा सीता राना मगर ७ र राजमती ऐरी ११ रनमा नटआउट रहिन्। एलिसा यादव पहिलो बलमै आउट भइन्।
थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ३ विकेट लिँदा सुलीपोर्न लाओमी, नटाया बुचाथाम र चानिदा सुथिरुअङ समान एक विकेट लिए।

थाइल्यान्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
नेपालले यसअघि खेलेका ५ वटै खेलमा पराजित भएको छ। थाइल्यान्डले ४ खेलमा जित र एक खेलमा पराजित भएको छ। नेपाल उपाधि होडबाट बाहिरिँदा थाइल्यान्ड सबैभन्दा बलियो देखिएको छ।

नेपाल नेदरल्यान्डसँग तीनै खेलमा पराजित हुँदा थाइल्यान्डसँग पनि यसअघिका दुवै खेलमा पराजित भएको छ।

यसअघि नेपाल पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा ५ रनले पराजित भएको छ।

नेपाललाई आजको जितले सान्त्वना मात्रै हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव