२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद प्रदर्शन, आज पनि ७ विकेटले पराजित

२५ माघ २०८१, शुक्रबार १५:२९

काठमाडौँ | काठमाडौँमा भएको महिला टी–२० श्रृङ्खलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो ।

शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्याण्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो ।

यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनायो । सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन् ।

नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको थियो । यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो ।

थाइल्याण्ड भने पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ । नेदरल्याण्ड्स ८ अंकसहित दोस्रो भएको छ । थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग १ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव