काठमाडौं | च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको छ।
म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा रियलले सिटीलाई हराउदै जित निकालेको हो।
खेलको १९ औँ मिनेटमा एर्लिङ हलान्डाको गोलमा सिटीले अग्रता लिएको थियो। लामो समय १-० गोलको अग्रतामा रहेको सिटीविरुद्ध रियलका लागि ६० औँ मिनेटमा केलिएन एम्बाप्पेले बराबरी गोल गरे।
८० औँ मिनेटमा डानी सेलबासले फिल फोडेनलाई फल प्रहार गरेपछि प्राप्त पेनाल्टीलाई हलान्डले नै सिटीलाई दोस्रो पटक अग्रता दिलाए। खेल सकिन १० मिनेट बाँकी हुँदासम्म रियलविरुद्ध सिटी २-१ ले अगाडि थियो।
खेलको ८६ औँ मिनेटमा डाइम ब्रियाजले बराबरी गोल गरे भने जुड बेलिङघमले अतिरिक्त समयमा गोल गर्दै सिटीलाई घरेलु मैदानमा ३-२ ले स्तब्ध बनाए।
यी दुई टिमबीच एक सातापछि म्याड्रिडको मैदानमा दोस्रो लेग हुनेछ।