2026-10-09 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा २३ खेलाडी छनोट

काठमाडौँ | ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ खेल्ने नेपाली टोली घोषणा भएको छ। एन्फाको आयोजनामा फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा अधिकांश पूरानै खेलाडीले स्थान पाएका छन्।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको २३ सदस्यीय टोलीमा दुई जना नयाँ खेलाडी समेटिएका छन्। मनमाया दमाई र सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टिममा छनोट भएका हुन्।

राजेन्द्र तामाङ मुख्य प्रशिक्षक रहेको महिला टोलीमा गोलरक्षक एन्जिलासँगै, अन्जना राना मगर र उषा नाथ छन्। डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई छन्।

मिडफिल्डरको जिम्मेवारीमा अनिता बस्नेतसँगै, रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बू, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन्।

फर्वाडमा सावित्रा भण्डारीसँगै रेखा पौडेल, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसीलाई समेटिएको छ। एएफसी महिला एसिया कप र फिफा महिला विश्वकपको तयारीका लागि हुने प्रतियोगितामा चार टोली सहभागी हुनेछन्।

बिहीबार किर्गिस्तानको टोाली आइपुग्ने छ। शुक्रबार म्यानमार र लेवनानको टिम काठमाडौँ आइपुग्ने छन्। उनीहरूलाई प्रशिक्षणका लागि एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित खेल मैदानमा व्यवस्था मिलाइएको छ।

नेपालमा पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो। खेलहरू सुरुमा राउन्ड रोबिन आधारमा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन्।

प्रतियोगिताका लागि साधारण पाराफिटतर्फ टिकट ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिने एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल