2026-10-30 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा २३ खेलाडी छनोट

काठमाडौँ | ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ खेल्ने नेपाली टोली घोषणा भएको छ। एन्फाको आयोजनामा फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा अधिकांश पूरानै खेलाडीले स्थान पाएका छन्।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको २३ सदस्यीय टोलीमा दुई जना नयाँ खेलाडी समेटिएका छन्। मनमाया दमाई र सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टिममा छनोट भएका हुन्।

राजेन्द्र तामाङ मुख्य प्रशिक्षक रहेको महिला टोलीमा गोलरक्षक एन्जिलासँगै, अन्जना राना मगर र उषा नाथ छन्। डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई छन्।

मिडफिल्डरको जिम्मेवारीमा अनिता बस्नेतसँगै, रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बू, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन्।

फर्वाडमा सावित्रा भण्डारीसँगै रेखा पौडेल, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसीलाई समेटिएको छ। एएफसी महिला एसिया कप र फिफा महिला विश्वकपको तयारीका लागि हुने प्रतियोगितामा चार टोली सहभागी हुनेछन्।

बिहीबार किर्गिस्तानको टोाली आइपुग्ने छ। शुक्रबार म्यानमार र लेवनानको टिम काठमाडौँ आइपुग्ने छन्। उनीहरूलाई प्रशिक्षणका लागि एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित खेल मैदानमा व्यवस्था मिलाइएको छ।

नेपालमा पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो। खेलहरू सुरुमा राउन्ड रोबिन आधारमा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन्।

प्रतियोगिताका लागि साधारण पाराफिटतर्फ टिकट ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिने एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने