२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला च्याम्पियनसिप आजदेखि सुरू:नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्दै

२०८१, ५ फाल्गुन सोमबार ०८:३९

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो।

आज दुई खेल हुँदैछन्। दिउँसो २ बजे हुने उद्घाटन खेल म्यानमार र लेवनानबीच हुनेछ। भने साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ।

फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ। नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ। कीर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ। ६ वर्षअघि भएको भएको खेलमा नेपाल ८-२ गोलले विजयी भएको थियो।

प्रतियोगिताकै लागि रेखा पौडेल, कप्तान एन्जिला तुम्बापो सुब्बा केही दिनअघि नै नेपाल फर्किएका थिए। उनीहरू युरोपका विभिन्न लिग खेलिरहेका थिए। नेपाल टिमका स्टार फरवार्ड साबित्रा भण्डारी साम्बा सोमबार बिहान फ्रान्सबाट नेपाल आउँदैछिन्। उनले पहिलो खेल खेल्ने सम्भावना न्यून छ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलाइनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।

प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिए‌को छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता