२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला च्याम्पियनसिप आजदेखि सुरू:नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्दै

५ फाल्गुन २०८१, सोमबार ०८:३९

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो।

आज दुई खेल हुँदैछन्। दिउँसो २ बजे हुने उद्घाटन खेल म्यानमार र लेवनानबीच हुनेछ। भने साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ।

फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ। नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ। कीर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ। ६ वर्षअघि भएको भएको खेलमा नेपाल ८-२ गोलले विजयी भएको थियो।

प्रतियोगिताकै लागि रेखा पौडेल, कप्तान एन्जिला तुम्बापो सुब्बा केही दिनअघि नै नेपाल फर्किएका थिए। उनीहरू युरोपका विभिन्न लिग खेलिरहेका थिए। नेपाल टिमका स्टार फरवार्ड साबित्रा भण्डारी साम्बा सोमबार बिहान फ्रान्सबाट नेपाल आउँदैछिन्। उनले पहिलो खेल खेल्ने सम्भावना न्यून छ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलाइनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।

प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिए‌को छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल