2026-10-31 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप: पहिलो हाफमा कीर्गिस्तानविरुद्ध म्यानमारको ४ गोल

काठमाडौँ | काठमाडौंमा जारी इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा कीर्गिस्तान र म्यानमार खेलिरहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा म्यानमारले ४ गोल गरेको छ ।

म्यानमारले खेलको २, ३०, ३६ र ४० औं मिनेटमा गोल गरेको थियो । म्यानमारका लागि दोस्रो मिनेटमा यून वादी लेङले गोल गरेकी थिईन् । ३०औं मिनेटमा सन्दर लिन, ३६औं मिनेटमा मे हेटले गोल गर्दै खेल ३-० मा पुर्याउँदा ४० औं मिनेटमा यून वादी लेङले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० मा पुर्याइन् ।

आजै हुने दोस्रो खेलमा नेपालले लेवनानसँग भिड्नेछ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले तथा नेपालले कीर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।

लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह