२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किर्गिस्तानमाथि म्यानमारको सहज जित

८ फाल्गुन २०८१, बिहीबार १६:२१

काठमाडौँ | नेपालमा जारी चार देशीय अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा म्यानमारले लगातार दोस्रो खेलमा जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो।

म्यानमारले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा एक गोल गर्न सफल भयो। म्यानमारको जितमा यून वादी र मे हचटेटले दुई-दुई गोल गरे।

खेलमा सुरुवातबाटै हावी भएको म्यानमारका लागि वादीले खेलको दोस्रो मिनेटमै टीमका लागि अग्रता दिलाएकी थिइन्। उनले ४१ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।

त्यस्तै, मेले ३८ र ४९ मिनेटमा गोल गर्दा सनदर लिनले ३० औँ मिनेटमा गोल गरेकी थिइन्। यसअघि पहिलो खेलमा म्यानमारले लेवनानमाथि ३-१ गोलको जित निकालेको थियो। किर्गिस्तान भने नेपालसँग १-० ले पराजित भएको थियो।

च्याम्पियनसिपमा आज साँझ ६ बजे नेपालले लेवनानसँग खेल्दै छ। पहिलो खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले हराएको नेपाल लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ।

म्यानमारसँग हारेसँगै किर्गिस्तान भने प्रतियोगितामा अन्तिम खेल बाँकी हुँदै बाहिरियो। आजको खेलपछि फागुन ११ मा लिग चरणको अन्तिम खेल हुनेछन्। लिग चरणको अन्तिम खेलमा किर्गिस्तान र लेवनान तथा नेपाल र म्यानमार भिड्ने छन्।

लिग चरणको शीर्ष दुई टोलीबीच फागुन १४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु