२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

२०८१, १४ फाल्गुन बुधबार १४:२४

काठमाडौँ | नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ।

नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ।

यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर नेसन्सलाई गयारीका रुपमा हेरिएको छ।

झन्डै ४ दशक लामो महिला अन्तराष्ट्रिय फुटबल यात्रामा नेपालले उपाधि जित्न सकेको छैन। यो हुटहुटीलाई मेटाउँदै पहिलो पटक च्याम्पियन बन्नको लागि टोली तयार रहेको कप्तान तथा गोल किपर एञ्जिला तुम्बाप्पो सुब्बाले बताइन्।

नेपाली‌ महिला टोलीले सबै खाले प्रतियोगितामा गरि आज १३औं पटक फाइनल खेल्दै छ। यसअघि १२ पटक फाइनलमा भोगेको हारको पिडा मेटाउनु पनि छ। साफ च्याम्पियनसिप, साग र अन्य ३ प्रतियोगितामा नेपाल फाइनलमा पराजित भएको थियो।

त्यसबाहेक घरेलु टोली बंगलादेशविरुद्ध डेढ बर्षअघि भएको २ खेलको अन्तर्राष्ट्रिय सिरिजमा बराबरीपछि टाइब्रेकर नेपालले उपाधि जितेको थियो। पहिलो खेलमा १-१ र दोस्रो खेलमा गोलरहित बराबरी पछि टाइब्रेकरमा नेपाल ४-२ ले विजयी भएको थियो।

अधिकांश प्रतियोगिता नेपाली महिला टोलीको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ। यही कारण पछिल्लो एक वर्षमा नेपालले तेस्रो फाइनल खेल्दैछ। यसअघि वाफ र साफ च्याम्पियनसिपमा पनि नेपाल फाइनलमा पुगेको थियो।

यो पटक पनि नेपाली टोलीसँग आत्मविश्वास छ। बलियो फरवार्ड लाइन छ। जहाँ युरोपमा खेलेकी सावित्रा भण्डारी ‘साम्बा’ नेपाली टोलीकै प्रमुख अस्त्रको रुपमा रहेकी छिन्। बलियो आत्मविश्वास कै कारण लिग चरणमा नेपालले दुई पटक कमब्याक गर्दै म्यानमारलाई बराबरीमा रोकेको थियो।

यो पटक नेपाली मिड लाइन उतिकै चुस्त देखिएको छ। युवा खेलाडी प्रीति राईको जोश अनि रेणुका नगरकोटीको अनुभवले मिड लाइनलाई मजबुत बनाएको छ।

ग्रीसमा खेलेको अनुभवले गोल किपर तथा कप्तान एञ्जिलाको प्रदर्शन पनि उत्कृष्ट रहेको छ। उनले खेलेको दुई खेलमा गोल खानु परेको छैन। २-२ को बराबरी भएको म्यानमार सँगको लिग चरणको खेलमा अन्जना राना मगरले पोष्ट सम्हालेकी थिइन्।

नेपालको तुलनात्मक रुपमा डिफेन्स कमजोर देखिएको छ। अनि फाइनलमा म्यानमारले आफ्नो पहिलो रोजाईका खेलाडीहरूलाई उतार्दा चुनौती डिफेन्डर र गोल किपरलाई हुन सक्छ। यसमा टिम चनाखो हुनुपर्ने देखिएको छ। किनकी म्यानमार जारी च्याम्पियनसिपको मजबुत टोली हो।

म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले हराउँदा नेपालसँग २-२ को बराबरी खेलेको थियो। वरियतामा नेपाल भन्दा माथि म्यानमार छ। नेपालले कीर्गिस्तान र लेबनान लाई समान १-० ले हराएको थियो।नेपाल १ सय ३ स्थानमा छ भने म्यानमार ५५ औं स्थानमा रहेको छ।

फाइनल अगाडि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङ पनि आत्मविश्वासी देखिएका छन्। उनलाई प्लेइङ ११ चयन गर्न चुनौती हुन सक्छ। उनले विशेषगरी युवा खेलाडीलाई मौका दिने पनि स्पष्ट पारेका छन्।

प्लेइङमा नेपालले सफलता प्राप्त गरिरहेको भनेका छन्। सायद फाइनलमा पनि प्लेइङबाट नतिजा निकाल्ने रणनीति तामाङले बनाउन सक्छन्।

मंगलवार नेपाली टोलीले दशरथ रंगशालामा प्रशिक्षण गर्यो। यो प्रशिक्षणमा प्रीति भने अनुपस्थित थिइन्। नेपाली टोलीले करिब डेढ घण्टा प्रशिक्षण गर्यो। फाइनल खेलमा प्रशिक्षकको रणनीति अनुरुप खेल्ने स्टार खेलाडी साम्बाले बताएकी छिन्। उनले नेपाली टोलीलाई दबाबसँगै अवसर रहेको पनि बताइन्।

नेपालले अहिलेसम्म म्यानमारलाई हराउन सकेको छैन। यसअघि तीन पटक खेल्दा एक पटक म्यानमारले जित निकाल्दा दुई खेल बराबरीमा सकिएको छ। त्यसैले पहिलो पटक म्यानमारलाई हराउँदै उपाधि जित्नको लागि नेपाली टिमलाई घरेलु दर्शकको साथ भरपुर रहनेछ।

नेपाली महिला टोलीले सन् १९८६ मा हङकङमा भएको एएफसी उमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबल
मा डेब्यू गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना