२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला फुटबलको फाइनलमा नेपाल म्यानमारसँग स्तब्ध

२०८१, १४ फाल्गुन बुधबार २०:१६

काठमाडौं । महिला फुटवल अन्तर्गत १३औं फाइनल खेलिरहेको नेपालले यसपटक पनि जित दर्ता गर्नबाट चुकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहोरेको हो ।

खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर उपाधिको इतिहास रच्ने मौका गुमाउन बाध्य भयो ।

नेपालको यो १३औं फाइनल खेल थियो । नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना गरे । उनको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले आज तेस्रो फाइनल खेलेको थियो ।

म्यानमारले अग्रता लिनुपूर्व नेपालले उसको गोलपोष्टमा करिब दर्जनपटक आक्रमण गरेको थियो । गोलका केही निश्चित अवसरमा ट्राइकरहरू चुक्दा नेपाल निराश बन्न पुग्यो ।

लिग चरणमा नेपालले फिफा वरीयतामा ४८ स्थान माथिको म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। सो खेलमा साम्बाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

नेपाल र म्यानमार दुवैले लिग चरणमा लेबनान र किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता