2026-10-30 11:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व फुटबलका लिजेन्ड बुफोन भन्छन् – ‘नेपाल पनि विश्वकप खेल्न सक्छ तर….’

काठमाडौँ | इटालीका महान गोलकिपर जियानलुगी बुफोनले नेपालले पनि विश्वकप फुटबल खेल्न सक्ने बताएका छन्। केपी ओली कपको फाइनल हेर्न नेपाल आएका बुफोनले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेहनत र लगानी पर्याप्त भए नेपालले विश्वकपमा स्थान बनाउन सक्ने धारणा व्यक्त गरे।

बुफोनले भने, “नेपालले पनि विश्वकप खेल्न सक्छ, तर यसको लागि धेरै मेहनत र लगानी आवश्यक छ।”

त्यस्तै, उनले आफ्नो लामो फुटबल करियरको श्रेय कडा मेहनतलाई दिएका छन्। “मलाई फुटबल अत्यन्तै मन पर्छ, त्यसैले निरन्तर मिहिनेत गरेँ,” उनले भने।

नेपाल आइपुगेका बुफोन सोमबार केपी ओली कपको फाइनल खेल अवलोकन गर्ने छन्। उनले भने, “फाइनलमा उत्कृष्ट प्रतिस्पर्धा हेर्न चाहन्छु।” उक्त खेल मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। उनी मंगलबार नेपालबाट फर्कने कार्यक्रम छ। यस यात्रामा उनी श्रीमती इलारिया डी’ अमिको र आफ्ना म्यानेजरसहित आएका छन्।

बुफोन विश्व फुटबलका महानतम गोलकिपरमध्ये एक मानिन्छन्। आफ्नो व्यावसायिक फुटबल करियरमा उनले १,१०० भन्दा बढी खेल खेलेका छन्। उनी विशेषगरी इटालियन सिरी ‘ए’ लिगमा आफ्नो उत्कृष्ट गोलकिपिङ प्रदर्शनका लागि चर्चित छन्।

उनले सन् १९९५ मा पार्मा क्लबबाट सिरी ‘ए’ मा डेब्यु गरे र आफ्नो सिनियर करियरको अन्त्य पनि पार्माबाटै गरे। सन् २०२१ देखि २०२३ सम्म ४३ खेल खेलेका उनले क्लब करियरमा ७५४ खेल खेले।

अन्तर्राष्ट्रिय फुटबलमा उनले सन् १९९३ मा इटालीको यू-१६ टिमबाट डेब्यु गरे। उनले सन् १९९८, २००२, २००६, २०१०, र २०१४ को विश्वकपमा इटालीको प्रतिनिधित्व गरे। सन् २००६ को विश्वकपमा इटालीलाई विजेता बनाउन उनको गोलकिपिङ प्रदर्शन निर्णायक रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो