2026-10-31 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा वरीयतामा चार स्थान उक्लियो नेपाली महिला टिम

काठमाडौँ | विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले चार स्थान सुधार गरेको छ ।

फिफाले शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाली टिम चार स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएको हो । नेपाली टिम यसअघि वरीयताको १०३औँ स्थानमा थियो ।

नेपाली महिला टिमले हालैमात्र घरेलु मैदानमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो । प्रतियोगिताको फाइनलसम्म पुग्दा नेपाली टिमले लेबनान र किर्गिस्तानविरुद्ध समान १–० को जित निकालेको थियो । फिफा फेब्रुअरी विन्डोको यही प्रदर्शनका कारण नेपाली टिम चार स्थान माथि उक्लिएको हो ।

वरीयताको दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत वरीयताको ६९औँ स्थानमा यथावत् छ । यस्तै, तेस्रो स्थानको बंगलादेश १३३औँ स्थानमा छ । चौथोमा रहेको पाकिस्तान १५७औँ, पाँचौँ स्थानको श्रीलंका १५८औँ, छैटौँ स्थानको माल्दिभ्स १६३औँ र सातौँ स्थानको भुटान १७१औँ वरीयता क्रममा छन् ।

वरीयताको शीर्ष स्थानमा भने अमेरिका यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह