२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतले तेस्रो पटक जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

२०८१, २६ फाल्गुन सोमबार ०८:५८

काठमाडौं । भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाकि ७६ रन बनाए । उनले ८३ बलको सामना गरि सात चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै श्रेयस अय्यरले ४८, केएल राउलले ३४ रन बनाए । भने शुभमन गिलले ३१ रन बनाउँदा विराट कोहली एक रनमा आउट भए ।

न्यूजीलाण्डले फाइनल खेलमा ७ जना बलर प्रयोग गरेको थियो । जसमध्ये मिचेल सेन्टनर र माइकल ब्रेसवेलले समान २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्बाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर वरुण चक्रवर्ती र कुलदीप यादवले समान २–२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

सन् २०१३ पनि भारतले यो प्रतियोगिताको उपाधि जितेको थियो । त्यस्तै सन् २००२ मा वर्षाका कारण खेल रद्ध हुँदा श्रीलंका र भारतले संयुक्त रुपमा उपाधि जितेको थिए । त्यस्तै, सन् २००० च्याम्पियन्स ट्रफी जितेक न्यूजील्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता