६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चारदेशीय टी–२० आई सिरिज:  नेपाल नामिबियासँग २३ रनले पराजित 

२८ फाल्गुन २०८१, बुधबार १५:५४

काठमाडौँ | युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपालले तेस्रो हार बेहोरेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो ।

नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले १०२ रनमात्र बनाउन सक्यो । नेपालका लागि साना प्रवीणले सर्वाधिक ३१ रन बनाइन् । जारी सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी सानाले ३७ बल खेल्दै ३१ रन बनाएर आउट भइन् । ओपनर सम्झना खड्का २, पुजा महतो १५, कप्तान इन्दु बर्मा १५, रुविना क्षेत्री ७ रनमा आउट हुँदा कविता जोशी १७ र ममता चौधरी ८ रनमा अविजित रहे । बलिङमा नामिबियाकी एभलिन केजारुकुआले सर्वाधिक २ विकेट लिइन् ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे ।
त्यसअघि आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युगान्डालाई एक विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान