2026-08-20 04:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशी क्रिकेट टिमका पूर्वकप्तान तमिम इकबाललाई हृदयघात

काठमाडौँ  | बङ्गलादेशका पूर्वएकदिवसीय क्रिकेट कप्तान तमिम इकबाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा ३६ वर्षीय तमिमले मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका समय हृदयघात भएको हो ।

टसपछि उनले छाती दुखेको गुनासो गरेको र मैदानमा प्रारम्भिक उपचारपछि तत्काल नजिकैको अस्पतालमा लगिएको थियो ।

‘उनलाई हृदयाघात भएको हो । मलाई अहिलेसम्म जानकारी भएअनुसार उनको मुटुले राम्रोसँग काम गर्न थालिसकेको छ,’ बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का मेडिकल अफिसर देबाशीष चौधरीले एएफपीसँग भने ।

टोलीका एक अधिकारी तारिकुल इस्लामले एएफपीलाई बताएअनुसार तमिमको ढाकाको बाहिरी इलाकामा रहेको सावरको एक अस्पतालमा उपचार भइरहेको छ ।

बिसिबीले तमिम अचानक बिरामी भएपछि आफ्नो निर्धारित बोर्ड बैठक स्थगित गरेको थियो । बोर्डका धेरै सदस्य उनलाई भेट्न अस्पताल गएका थिए ।​

तमिमले सन् २००७ देखि २०२३ को बीचमा बङ्गलादेशको प्रतिनिधित्व गर्दै ३९१ म्याच खेले । उनले हालसम्म १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् ।

तमिम तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक प्रहार गर्ने एक मात्र बङ्गलादेशी क्रिकेटर हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल