१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानको महिला क्रिकेट टोली भारतमा हुने महिला विश्वकप खेल्न नजाने

७ बैशाख २०८२, आईतवार १३:४२

काठमाडौँ | पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष तथा देशका आन्तरिक मन्त्री मोहसिन नकवीले पाकिस्तानको महिला क्रिकेट टोली भारतमा हुने २०२५ को आईसीसी महिला विश्वकप खेल्न नजाने स्पष्ट पारेका छन्। पाकिस्तानले थाइल्याण्डलाई ८७ रनले हराउँदै विश्वकपको छनोट चरण पार गरेपछि नकवीले उक्त अभिव्यक्ति दिएका हुन्।

“महिला क्रिकेट टोलीको सफलतामा हामी खुसी छौँ, तर उनीहरूले भारत यात्रा गर्ने छैनन्,” नकवीले भने, “अब भारतले निर्णय गर्नु पर्छ कि पाकिस्तानको खेल कहाँ हुनेछ। भारत बाहेक जहाँ पनि भए हाम्रो टोली खेल्न तयार छ।”भारतले यसअघि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो र दुबईमा तेस्रो मुलुकको मैदानमा खेल्ने सहमति भएको थियो। सो सहमतिअनुसार अब पाकिस्तानले पनि आफ्ना खेल भारतमा नखेल्ने निर्णय गरेको हो।

पीसीबी अध्यक्ष नकवीले स्पष्ट पारे, “यो निर्णय कुनै एकपक्षीय होइन। यो ‘हाइब्रिड मोडल’ को हिस्सा हो, जुन दुबै क्रिकेट बोर्डबीच सहमतिमा भएको हो। जसरी हामीले च्याम्पियन्स ट्रफीमा भारतको लागि दुबईको मैदान स्वीकार्य बनायौँ, अब भारतले पनि त्यही मोडल स्वीकार गर्नुपर्नेछ।”भारत र पाकिस्तानबीचको राजनीतिक तनावले विगत लामो समयदेखि क्रिकेट खेलमा पनि असर पारेको छ। दुबै देशका खेल टोलीबीचको द्विपक्षीय श्रृंखला विगत एक दशकदेखि स्थगित छ र आइसीसी आयोजक हुने बहुपक्षीय प्रतियोगितामा मात्र उनीहरू एक-अर्काविरुद्ध खेल्दै आएका छन्।

आईसीसी महिला विश्वकप २०२५ सेप्टेम्बरमा भारतमा आयोजना हुँदैछ। प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्, जसमा पाकिस्तानले हालै क्वालिफाइ गरेको हो। तर अब पाकिस्तानको खेल भारतमा नखेलाई तेस्रो देशमा सारिने सम्भावना बलियो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव