२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुरको क्रिकेट रंगशालाका बिषयमा आन्दोलन गर्ने: रास्वपा सांसद झा

२०८२, २५ बैशाख बिहीबार ११:५४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरको क्रिकेट रंगशालाका बिषयमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य सयमा बोल्दै उनले पहिले वार्षिक ९ लाख रहेको भाडा अहिले ४९ लाख पुर्‍याइएको भन्दै त्यसमा बिचौलीयाले चलखेल गरेको हुनसक्ने आशंका समेत व्यक्त गरे।

‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौँ कि खेलकुद मैदानका लागि आन्दोलन भयो,’ झाले भने, ‘तर, जनकपुरधाममा खेलकुद मैदानका लागि आन्दोलन गर्दैैछौँ। लक्ष्मणकुटीको नाममा रहेको १७ विगाह जमीन जसको डीपीआर गरेर साढे दुई अर्बको अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो। खेलकुद परिषद्ले गुठीसंस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो।’

उनले थपे, ‘तर, खै के प्रलोभनले हो त्यसको भाडा एक्कासी ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो। यसमा पक्कै पनि समृद्ध बिचौलीया, समृद्ध दलाल छिरेजस्तो छ। अब यदि जनकुपरको त्यो क्रिकेट रंगशालको परिकल्पना, खेलाडीहरुको सपनामा व्यवधान भयो भने आन्दोलन चाँडै हुनेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना