2026-10-30 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुरको क्रिकेट रंगशालाका बिषयमा आन्दोलन गर्ने: रास्वपा सांसद झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरको क्रिकेट रंगशालाका बिषयमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य सयमा बोल्दै उनले पहिले वार्षिक ९ लाख रहेको भाडा अहिले ४९ लाख पुर्‍याइएको भन्दै त्यसमा बिचौलीयाले चलखेल गरेको हुनसक्ने आशंका समेत व्यक्त गरे।

‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौँ कि खेलकुद मैदानका लागि आन्दोलन भयो,’ झाले भने, ‘तर, जनकपुरधाममा खेलकुद मैदानका लागि आन्दोलन गर्दैैछौँ। लक्ष्मणकुटीको नाममा रहेको १७ विगाह जमीन जसको डीपीआर गरेर साढे दुई अर्बको अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो। खेलकुद परिषद्ले गुठीसंस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो।’

उनले थपे, ‘तर, खै के प्रलोभनले हो त्यसको भाडा एक्कासी ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो। यसमा पक्कै पनि समृद्ध बिचौलीया, समृद्ध दलाल छिरेजस्तो छ। अब यदि जनकुपरको त्यो क्रिकेट रंगशालको परिकल्पना, खेलाडीहरुको सपनामा व्यवधान भयो भने आन्दोलन चाँडै हुनेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम