२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

२०८२, २९ बैशाख सोमबार १४:२०

भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्यासको घोषणा गर्नुभएको छ ।

एक सय २३ खेलमा ४६ दशमलव ८५ को औसतमा नौ हजार दुई सय ३० रन बनाउनुभएका कोहलीले भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस्ट करियर समाप्त गरेको पाँच दिनपछि इन्स्टाग्राममा यो निर्णय पोस्ट गर्नुभएको हो ।

सन् २०११ मा पदार्पण गरेदेखि कोहलीले ३० शतक र ३१ अर्धशतक बनाउनुभयो । उहाँको उच्चतम स्कोर २५४ नटआउट थियो ।

“टेस्ट क्रिकेटमा मैले पहिलो पटक ब्यागी ब्लु लगाएको १४ वर्ष भयो”, २७ करोड १० लाख फलोअर्स भएको आफ्नो इन्स्टाग्रामको आधिकारिक फिडमा पोस्ट गर्दै ३६ वर्षीय कोहलीले भन्नुभयो, “इमान्दारीपूर्वक, मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यो प्रारूपले मलाई कस्तो यात्रामा लैजानेछ । यसले मलाई परीक्षा गर्‍यो, मलाई आकार दियो र मलाई जीवनभरि लिएर हिँड्ने पाठहरू सिकायो, जसै म यो प्रारूपबाट टाढा जाँदैछु, यो सजिलो छैन –– तर यो सही लाग्छ । मैले यसलाई मेरो सबै कुरा दिएँ र यसले मलाई मैले आशा गरेको भन्दा धेरै बढी फिर्ता दिएको छ ।”

एक प्रेरणादायी व्यक्तित्व कोहली सन् २०२२ मा यस भूमिकाबाट अलग हुनुअघि ६८ खेलमा ४० जित र १७ हारका साथ भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुनुहुन्थ्यो ।

त्यसपछि ६० खेलमा २७ जितका साथ महेन्द्र सिंह धोनी र ४९ खेलमा २१ जितका साथ सौरभ गाङ्गुली हुनुहुन्छ ।

“खेलप्रति मैले मैदानमा साझा गरेका मानिसहरूप्रति र बाटोमा मलाई देखिएको महसुस गराउने हरेक व्यक्तिप्रति म कृतज्ञताले भरिएको हृदयले बिदा लिँदैछु”, उहाँले भन्नुभयो, “म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्नेछु ।”

पाँच दिवसीय खेलमा कोहलीको फर्मको कमी उहाँको सन्न्यास लिने निर्णय गरेको हुन सक्छ ।

सन् २०११ देखि २०१९ को बीचमा उहाँको औसत ५५ नजिक पुगेको थियो भने पछिल्लो २४ महिनामा यो सङ्ख्या घटेर ३२ दशमलव ५६ मा झरेको छ ।

कोहलीको अन्तिम टेस्ट जनवरीमा सिड्नीमा भएको थियो । उक्त टेस्टमा भारत पराजित भएको थियो र यससँगै अस्ट्रेलियासँग ३–१ ले शृङ्खला हारेको थियो ।

पर्थमा भएको पहिलो टेस्टको दोस्रो इनिङ्समा अपराजित शतक बाहेक कोहलीले पाँच टेस्टको शृङ्खलामा आठ पारीमा ९० रन मात्र बनाउन सक्नुभयो ।

छत्तिस वर्षीय कोहली अस्ट्रेलियाका स्टिभ स्मिथ, न्युजिल्यान्डका केन विलियम्सन र इङ्गल्यान्डका जो रुटसँगै पछिल्लो एक दशकमा टेस्ट क्रिकेटमा प्रभुत्व जमाउने महान ब्याट्सम्यानहरूको ‘फ्याब फोर’ चौकडीको हिस्सा हुनुहुन्थ्यो ।

‘किङ्ग कोहली’ उपनामले चिनिने उहाँ तीनवटा अन्तर्राष्ट्रिय ढाँचामा भारतको ब्याटिङको मेरुदण्ड हुनुहुन्थ्यो र गत वर्ष बार्बाडोसमा आफ्नो टोलीको विश्वकप फाइनल जितमा म्याच जित्ने पारीका साथ आफ्नो टि–२० करियरको अन्त्य गर्नुभएको थियो ।

त्यसपछि कोहलीले रोहितसँगै सबैभन्दा छोटो प्रारूपबाट बिदा लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह