२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको सुपर थ्रीमा पुग्ने आशा जीवित,अन्य टिमको नतिजामा भर

२ जेष्ठ २०८२, बिहीबार १६:५२

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सुपर थ्रीमा पुग्न नेपाललाई अब हङकङ र बहराइनबीचको खेलको नतिजा पर्खनु पर्ने भएको छ।
बिहीबार भएको खेलमा डीएल मेथडमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले सुपर थ्रीमा पुग्ने आशा जीवित राखेको हो।

नेपाल ५ अंकका साथ ‘समूह सी’ को शीर्ष स्थानमा छ। चार अंक भएको हङकङ दोस्रो स्थानमा छ। १ अंक भएको बहराइन तालिकाको पुछारमा रहँदै सुपर थ्रीको दौडबाट बाहिरिसकेको छ। नेपाल र समूहबाट अब नेपाल र हङकङको मात्र सम्भावना छ। समूह चरणको अन्तिम खेलमा हङहङले बहराइनलाई पराजित गरे समूहको शीर्ष स्थानमा रहेर सुपर थ्रीमा पुग्नेछ।

यदी सो खेलमा बहराइनले हङकङलाई पराजित गरे नेपाल सुपर थ्रीमा पुग्नेछ। त्यसैले नेपालसामु अब हङकङको हारको र बहराइनको जितको कामना गर्नुबाहेक अर्को विकल्प छैन। यदी वर्षाका कारण हङकङ र बहराइनबीचको खेल प्रभावित भएर अंक बाँडेको अवस्थामा नेपाल नेट रनरेटमा पछि पर्दै समूह चरणबाट नै बाहिरिनेछ। नेट रनरेटमा हङकङ नेपालभन्दा बलियो छ। नेपालले समूह चरणको चार खेलमध्ये २ खेलमा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंक बनाएको छ। नेपालको नेटरनरेट ०.८३० शून्य छ।

हङकङले तीन खेलमा १ खेलमा जित र दुई खेलमा अंक बाँड्दै चार अंकमा दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट ०.८६७ रहेको छ। त्यसैले नेट रनरेटमा पनि नेपालभन्दा हङकङ बलियो छ। समूह चरणमा नेपालले दुवै खेलमा बहराइनलाई पराजित गर्‍यो। पहिलो खेलमा बहराइनलाई ९ विकेटले हराएको नेपालले दोस्रो खेलमा भने डिएल मेथडका आधारमा ६ विकेटको जित निकाल्यो।

हङकङसँग भने वर्षाको कारण पहिलो खेल रद्द हुँदा नेपालले समान १ अंक बाँडेको थियो। दोस्रो खेलमा भोगेको ७ विकेटको हार नेपालका लागि घातक बन्न पुग्यो। वर्षाका कारण ५ ओभरमा छोट्टाइएको खेलमा नेपालले ३ विकेटको क्षतिमा २९ रन मात्र बनाएको थियो। नेपालले दिएको झिनो लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। सोही हार नेपालका लागि शीर्ष ३ मा पुग्ने बाटोमा बाधक बन्न पुग्यो। बहराइन र हङकङबीचको खेल भोलि शुक्रबार हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला