२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

‘प्लेयर अफ दि म्याच’ अवार्डको वास्तविक हकदार मनिषा हुन,: कप्तान बर्मा

६ जेष्ठ २०८२, सोमबार १३:२१

काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाउँदै इतिहास रच्यो। यूएईविरुद्ध नेपालको कीर्तिमानी खेलको ‘प्लेयर अफ दि म्याच’ नेपालकी कप्तान इन्दु बर्मा घोषित भइन्। खेलपछिको पोस्ट म्याच प्रेजेन्टेसनमा इन्दुले आफूले पाएको ‘प्लेयर अफ दि म्याच’को अवार्डको हकदार मनिषा उपाध्याय भएको भन्दै उनलाई बोलाएर त्यो अवार्ड दिइन्।

कप्तान इन्दुले आजको खेलमा जितको हकदार सबै भए पनि मनिषाको प्रर्दशन उत्कृष्ट रहेको र त्यसलाई शब्दमा बयान गर्न नसकिने बताइन्।मनिषाले यूएईविरुद्ध ४ विकेट आफ्नो नाममा गरेकी थिइन्। उनले आफ्नो स्पेलमा मात्र २० रन खर्चिइन्। इन्दुले आफूलाई दिएको सो अवार्ड मनिषाले भने पूर्वकप्तान रुबिना क्षेत्रीलाई समपर्ण गरिन्।

‘म एकदम खुसी छु, अझ धेरै म रुबिना दिदिको लागि किनभने उहाँको योगदान धेरै छ त्यसैले सबैभन्दा खुसी छु,’ उनले भने, ‘मैले आफैँलाई प्रामाणित गर्नु थियो। आउने दिनमा पनि अवसर पाएँ भने आफूलाई प्रमाणित गर्दै जानेछु।’ नेपालले विश्वकप छनोटअन्तगर्त सुपर थ्री मा यूएईलाई ५ विकेटले पराजित गर्दै एक खेल अगावै ग्लोबल छनोटमा स्थान बनाएको हो। विश्व वरीयतामा यूएई १६औं र नेपाल २१औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला