२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

‘प्लेयर अफ दि म्याच’ अवार्डको वास्तविक हकदार मनिषा हुन,: कप्तान बर्मा

२०८२, ६ जेष्ठ सोमबार १३:२१

काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाउँदै इतिहास रच्यो। यूएईविरुद्ध नेपालको कीर्तिमानी खेलको ‘प्लेयर अफ दि म्याच’ नेपालकी कप्तान इन्दु बर्मा घोषित भइन्। खेलपछिको पोस्ट म्याच प्रेजेन्टेसनमा इन्दुले आफूले पाएको ‘प्लेयर अफ दि म्याच’को अवार्डको हकदार मनिषा उपाध्याय भएको भन्दै उनलाई बोलाएर त्यो अवार्ड दिइन्।

कप्तान इन्दुले आजको खेलमा जितको हकदार सबै भए पनि मनिषाको प्रर्दशन उत्कृष्ट रहेको र त्यसलाई शब्दमा बयान गर्न नसकिने बताइन्।मनिषाले यूएईविरुद्ध ४ विकेट आफ्नो नाममा गरेकी थिइन्। उनले आफ्नो स्पेलमा मात्र २० रन खर्चिइन्। इन्दुले आफूलाई दिएको सो अवार्ड मनिषाले भने पूर्वकप्तान रुबिना क्षेत्रीलाई समपर्ण गरिन्।

‘म एकदम खुसी छु, अझ धेरै म रुबिना दिदिको लागि किनभने उहाँको योगदान धेरै छ त्यसैले सबैभन्दा खुसी छु,’ उनले भने, ‘मैले आफैँलाई प्रामाणित गर्नु थियो। आउने दिनमा पनि अवसर पाएँ भने आफूलाई प्रमाणित गर्दै जानेछु।’ नेपालले विश्वकप छनोटअन्तगर्त सुपर थ्री मा यूएईलाई ५ विकेटले पराजित गर्दै एक खेल अगावै ग्लोबल छनोटमा स्थान बनाएको हो। विश्व वरीयतामा यूएई १६औं र नेपाल २१औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता