८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामाचौरमा महिला भलिबल प्रतियोगिता शुरु

६ भाद्र २०७४, मंगलवार १२:४८

भदौ ६, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा पाँच टोलीको सहभागिता छ । प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल क्षेत्रीय भलिबल टोलीको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल प्रहरीलाई २५–१७, २५–१९ र २५–२० ले पराजित गरेको प्रतियोगिताका प्रचार प्रसार संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कास्कीका प्रजिअ तारानाथ अधिकारीले गर्नुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टोलीले क्रमशः रु ७५ हजार १०१, रु ५० हजार १०१, रु २० हजार र रु १५ हजारका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै अवसरमा आइतबारदेखि अन्तर मावि छात्रा भलिबल, तीज गीत, लोकनृत्य, विद्यालयस्तरीय जोडी नृत्य, बाल उद्यान तथा हास्य प्रहसन, नरबहादुर स्मृति जिल्लास्तरीय सितेरियो कराँते प्रतियोगिता तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति जस्ता कार्यक्रम भइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता