४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लाओसविरुद्धको खेलमा नेपालको ‘प्लेइङ ११’ सार्वजनिक

२८ जेष्ठ २०८२, मंगलवार १८:०२
काठमाडौं ।  एएफसी एसियन कप छनोटअन्तर्गत घरेलु टोली लाओसविरुद्धको खेलका लागि नेपालले पहिलो रोजाइका खेलाडीको नाम सार्वजनिक गरेको छ ।
लाओसको राष्ट्रिय रङ्गशालामा हुने उक्त एएफसी एसियन कप–२०२६ अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले घरेलु टोली लाओसविरूद्ध खेलका लागि प्लेइङ ११ खेलाडीको नाम सार्वजनिक गर्नुभएको हो ।
प्लेइङ ११ मा नेपाली टोलीका कप्तान किरण चेम्जोङसहित विमल पाण्डे, अनन्त तामाङ, सुमन श्रेष्ठ, योगेश गुरुङ, अञ्जन विष्ट, रोहित चन्द, अरिक विष्ट, आयुष घलान, मनिष डाँगी र लकेन लिम्बू छन् । उक्त खेल अहिले साँझ ५ः४५ बजेबाट सुरु हुने कार्यतालिका छ ।
तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियासँग २–० गोलअन्तरले पराजित भएको थियो । यही खेलको तयारी स्वरूप नेपालले हङकङसँग अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल पनि खेलको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
यता लाओसको पनि तेस्रो चरणको दोस्रो खेल नै हो । लाओस भियतनामसँग ५–० ले पराजित भएको थियो । नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । समूहमा रहेका प्रत्येक टोलीले ‘होम एण्ड अवे’को आधारमा कूल छ खेल खेल्ने छन् । त्यसपछि समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९ औँ एसियन कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन