२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लाओसविरुद्धको खेलमा नेपालको ‘प्लेइङ ११’ सार्वजनिक

२०८२, २८ जेष्ठ मंगलवार १८:०२
काठमाडौं ।  एएफसी एसियन कप छनोटअन्तर्गत घरेलु टोली लाओसविरुद्धको खेलका लागि नेपालले पहिलो रोजाइका खेलाडीको नाम सार्वजनिक गरेको छ ।
लाओसको राष्ट्रिय रङ्गशालामा हुने उक्त एएफसी एसियन कप–२०२६ अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले घरेलु टोली लाओसविरूद्ध खेलका लागि प्लेइङ ११ खेलाडीको नाम सार्वजनिक गर्नुभएको हो ।
प्लेइङ ११ मा नेपाली टोलीका कप्तान किरण चेम्जोङसहित विमल पाण्डे, अनन्त तामाङ, सुमन श्रेष्ठ, योगेश गुरुङ, अञ्जन विष्ट, रोहित चन्द, अरिक विष्ट, आयुष घलान, मनिष डाँगी र लकेन लिम्बू छन् । उक्त खेल अहिले साँझ ५ः४५ बजेबाट सुरु हुने कार्यतालिका छ ।
तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियासँग २–० गोलअन्तरले पराजित भएको थियो । यही खेलको तयारी स्वरूप नेपालले हङकङसँग अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल पनि खेलको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
यता लाओसको पनि तेस्रो चरणको दोस्रो खेल नै हो । लाओस भियतनामसँग ५–० ले पराजित भएको थियो । नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । समूहमा रहेका प्रत्येक टोलीले ‘होम एण्ड अवे’को आधारमा कूल छ खेल खेल्ने छन् । त्यसपछि समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९ औँ एसियन कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता