२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिसी यु–१६ क्रिकेटः नेपाल लगातार विजयी

१० असार २०८२, मंगलवार १२:४२
काठमाडौँ । नेपालले एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
मलेसियाको कोजल टुन्कु जाफर ओभलमा आज भएको खेलमा  नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । दुई खेलमा विजयी हुँदै नेपालले चार अङ्क जोडेको छ । नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ । जापानले पहिलो खेलमा भूटानलाई पराजित गरेको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै  ८० रन बनायो । एकासी रनको लक्ष्य नेपालले १४ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि शिवान्स बजगाईंले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाए । बलिङतर्फ जापानका लागि केइसी काबायाशीडोगेटले एक विकेट लिए ।
यसअघि जापानका लागि ब्याटिङ गर्ने क्रममा कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि शुभम् खनालले सर्वाधिक पाँच विकेट लिए । त्यसैगरी, अभय यादवले दुई तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले एक एक विकेट लिए ।
प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागीता रहेको छ । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् । नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो ।
नेपालले तेस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा चौथो खेल असार १७ गते भुटानसँग खेल्ने छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला